फिप्नाको महाधिवेशन भव्य रूपमा सम्पन्न ! अमेरिकामा बस्ने जनजाति नेताका रुपमा लुईसाङ पुन: निर्वाचित

5thconvention-of-fipna-006

न्युयोर्क, मंसिर २८ । अमेरिकामा बस्ने नेपाली आदिवासी जनजातिहरुको साझा संस्था : नेपाल आदिवासी जनजाति महासंघ (फिप्ना) को महाधिवेशनबाट अध्यक्ष पदमा लुईसाङ वाईबा तामाङ पुन: निर्वाचित भएका छन् ।

हिजो डिसेम्बर १३ तारिखमा न्युयोर्क सहरमा सम्पन्न नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) को पाँचौं राष्ट्रिय महाधिवेशनबाट अध्यक्ष पदमा निवर्तमान अध्यक्ष लुईसाङ वाईबा तामाङ दोश्रो कार्यकालका लागि पुन:निर्वाचित भएका हुन् । वाईबा २८ मत ल्याएर विजयी भए भने उनका प्रतिद्वन्द्वी विनोद पोमोले १८ मत प्राप्त गरे ।

उता अध्यक्ष पदका अर्का प्रत्याशी वर्तमान महासचिव मानबहादुर राना मगरले अन्तिम समयमा वाईबालाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए ।

फिप्ना कार्यसमितिका अन्य पदमा सबै निर्विरोध निर्वाचित भएका थिए । नवनिर्वाचित कार्यसमितिका प्रथम उपाध्यक्षमा मनकुमार राई (मणि बाङ्देल), उपाध्यक्षमा मंगलदास श्रेष्ठ, महासचिवमा प्रेम गुरुङ, सचिवमा विजय महर्जन, कोषाध्यक्षमा राजकुमार बिष्ट, सह-कोषाध्यक्षमा कुलबहादुर राना मगर र सदस्यमा रामकुमार राई रहेका छन् ।

समाचार श्रोत: Esamata.com
5thconvention-of-fipna-005
5thconvention-of-fipna-004
5thconvention-of-fipna-002
5thconvention-of-fipna-000

Leave a Reply

Your email address will not be published. Required fields are marked *