फिप्नाको निर्वाचन तथा उम्मेदवारी दर्ता सम्बन्धि सूचना !

नेपाल आदिवासी जनजाति महासंघ, अमेरिका
पाँचौ राष्ट्रिय महाधिबेशन २०१५, न्युयोर्क

fipna-election-2015

फिप्नाको निर्वाचन तथा उम्मेदवारी दर्ता सम्बन्धि सूचना !

नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाको पाँचौ राष्ट्रिय महाधिबेशन संग सम्बन्धित सस्था र सस्थाको प्रतिनिधिहरुले तल उल्लेखित पदहरुमा यहि नोभेम्बर २६ – २९ भित्र आफ्नो उम्मेदवारी दर्ता गराउनु हुन निर्बाचन समिति हार्दिक अनुरोध गर्दछ |

निर्बाचन हुने पदहरु :
१. अध्यक्ष – १
२. बरिष्ठ उपाध्यक्ष – १
३. उपाध्यक्ष – १
४. महासचिब – १
५. सचिब – १
६. कोषाध्यक्ष – १
७. सह-कोषाध्यक्ष – १
८. सदस्य – ४

नोट :
उम्मेदवारी दर्ताको लागि अन्तिम दिन या नोभेम्बर २९, २०१५ आईतबार दिउसोको २-५ बजे सम्म फिप्नाको कार्यालयमा निर्बाचन समिति रहने छ | या निर्बाचन समितिको इमेल fipnaelection2015@gmail.com या निर्बाचन समितिको सदस्यहरु संग सम्पर्क गर्नु होला |

निर्वाचन सम्बन्धि कार्यतालिका :
१) नोभेम्बर २५, २०१५ मा महाधिबेशनकोलागि पर्यबेक्षक तथा मतदाता नामावली प्रकाशन गर्ने | २) नोभेम्बर २६-२९, २०१५ सम्म उम्मेदवारी दर्ता |
३) डिसेम्बर १, २०१५ मा उम्मेदवारहरुको नामावली प्रकाशन |
४) डिसेम्बर २-६, २०१५ साँझ ५:०० बजे सम्म उम्मेदवारी उपर दाबी, बिरोध तथा पुनर्विचार |
५) डिसेम्बर १३, २०१५ आईतबार दिउसोको १२:०० बजेसम्म सहमतीय उम्मेदवारीकोलागि अन्तिम समय | तत् पश्चात उम्मेदवारीहरु बीच निर्बाचन र नव-निर्बाचित कार्यसमितिको सपथ ग्रहण |

उम्मेदवारीको लागि न्यूनतम योग्यता तथा शुल्क :
१. सम्बन्धित अथवा फिप्नाको सदस्य सस्थाको आधिकारिक प्रतिनिधि हुनु पर्ने |
२. फिप्ना संग आबध्द आफ्नो मातृसंस्था या आफु सम्बन्धित संस्थाबाट पद उल्लेख गरिएको उम्मेदवारीकोलागि लिखित शिफारिस पत्र हुनु पर्ने |
३. आफ्नो उम्मेदवारीकोलागि एक जना प्रस्तावक र एकजना समर्थकको हस्ताक्षर
४. उम्मेदवारी शुल्क: अध्यक्ष-$१५०. प्र.उपाध्यक्ष-$१२५. दो.उपाध्यक्ष-$१००. महासचिव-$१००. सचिव-$१००. कोषाध्यक्ष-$१००. सह-कोषाध्यक्ष-$१०० र सदस्य-$५०.

उम्मेदवारी फिर्ता :
१. डिसेम्बर २-६, २०१५ साँझ ५ बजे सम्म उम्मेदवारी उपर दाबी, बिरोध तथा पुनर्विचार | तोकिएको समय भित्र उम्मेदवारी फिर्ता तथा पुनर्विचार गरिएमा उम्मेदवारी शुल्क फिर्ता तथा मिलान गरिनेछ |
२. उम्मेदवारी उपर दाबी, बिरोध तथा पुनर्विचार समय सिमा पश्चात उम्मेदवारी फिर्ता लिईएको अवस्थामा उम्मेदवारी शुल्क फिर्ता हुने छैन |

धन्यबाद |
रमेश कुमार श्रेष्ठ, संयोजक
मनु लोहरुंग राई, सदस्य
प्रदिप थापा मगर, सदस्य

पाँचौ राष्ट्रिय महाधिबेशन निर्वाचन समिति, फिप्ना
Ph : (917) 570 -1098, (347) 248 -6966
fipnaelection2015@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *