जनजाति महासंघ अमेरिकाको पाँचौं महाधिवेसन डिसेम्बर १३ मा |

न्यूयोर्क, १३ कात्तिक ।
नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाको पाँचौ महाधिवेशन आगामी डिसेम्बर १३मा न्यूयोर्कमा हुने भएको छ । “समृद्ध नेपाल र नेपालीपनको लागि धर्मनिरपेक्षता ! गणतन्त्र नेपालमा पहिचान सहितको संघीयता !!” भन्ने नारा सहित महासंघको पाँचौ महाधिवेशन गरिने भएको छ । महाधिवेशनको लागि न्यूयोर्कका वरिष्ठ अधिवक्ता रमेशकुमार श्रेष्ठको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको महासंघले जनाएको छ । महाधिवेशनमा महासंघसँग आबद्ध १८ वटा सदस्य संस्थाबाट तथा विभिन्न राज्यका कमिटीहरुबाट महाधिवेशन प्रतिनिधि तथा पर्यबेक्षकहरु सहभागी हुनेछन् जानकारी दिइएको छ । साथै, स्थापनाको एक दशकको अवसर पारेर महासंघले डिसेम्बर ५ मा बहुसांस्कृतिक दशक साँझ कार्यक्रम न्यूयोर्कमा आयोजना गर्ने जनाएको छ ।

News Source: Nepalibulettin.com
Nepali-Bulletin

Leave a Reply

Your email address will not be published. Required fields are marked *