अक्टोबर ३०, २०१५: आदिवासी जनजाती महासंघ अमेरिकाको प्रेस विज्ञप्ति |

नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाको हालसालै बसेको केन्द्रीय समितिको बैठकको निर्णयबाट “समृद्ध नेपाल र नेपालीपनकोलागि धर्मनिर्पेक्षता ! गणतन्त्र नेपालमा पहिचान सहितको संघीयता !!” भन्ने नारा सहित महासंघको पाँचौ महाधिवेशन यही डिसेम्बर १३, २०१५ का दिन न्यु योर्कमा आयोजना गरिने भएको छ ! महाधिवेशनकोलागि न्यु योर्कका वरिष्ठ अधिवक्ता रमेश कुमार श्रेष्ठको संयोजकत्वमा प्रदिप थापा मगर र मनु लोहोरुंग राई सहितको तीन सदस्ययी निर्वाचन समिति गठन गरिएको छ ! सो महाधिवेशनमा महासंघसँग आबद्द १८ वटा सदस्य संस्थाबाट तथा विभिन्न राज्यहरुका राज्य कमिटीहरुबाट महाधिवेशन प्रतिनिधि तथा पर्यबेक्षकहरु सहभागी हुनेछन !

साथै, महासंघको स्थापनाको एक दशकको शुभ-अवसरमा नेपाल आदिवासी जनजाति महासंघले डिसेम्बर ५, २०१५ मा नेपाली आदिवासी जनजातिहरुको सांस्कृतिक पहिचानको विकास र सम्बर्दनकोलागि मनोरन्जनात्मक बहुसांस्कृतिक दशक साँझ कार्यक्रम न्यु योर्कमा आयोजना गर्ने भएको छ ! स्थानीय नेपाली कलाकार एवं नेपालबाटै झिकाईएको कलाकारहरुबाट बहुसांस्कृतिक दशक साँझ आयोजना गरिने छ ! यस बहुसांस्कृतिक दशक साँझलाई भव्य रुपमा सफल पार्न महासंघका वरिष्ठ उपाध्यक्ष मणि वांग्देलको संयोजकत्वामा ७ सदस्यी कार्यक्रम व्यवस्थापन समिति समेत गठन गरिएको छ !

धन्यवाद,

केन्द्रीय सचिवालय
नेपाल आदिवासी जनजाति महासंघ अमेरिका

press-release.png

Leave a Reply

Your email address will not be published. Required fields are marked *