जनविरोधी संबिधान बहिस्कार कार्यक्रम बृहत रुपमा सम्मपन्न – संबिधान च्यातियो !

September 20th 2015 / New York:
जनविरोधी संबिधान बहिस्कार कार्यक्रम बृहत रुपमा सम्मपन्न – संबिधान च्यातियो !

नेपालमा भएको १० बर्षे जनयुध्द, मधेश आन्दोलन र जनजाति आन्दोलनलाई बेवास्ता गर्दै संबिधान शभाको ९ वर्षे नाटक मन्चन पछी नेपालका तीनजना एकात्मक बादी पुरुष कोइराला, वली र दाहालहरुको बन्द कोटिलबाट धर्म-निरपेक्षताको व्याख्या षड्यन्त्र मुलक रुपमा हिन्दु धर्मको मात्र पक्ष पोषण गर्दै जनताको अभिमत प्रत्यक्ष निर्बाचित कार्यकारी प्रमुख, पहिचान सहितको संघिय प्रदेश, पूर्ण बिकेन्द्रिकृत र अधिकार युक्त शासकीय स्वरूप, मधेशमा भैरहेको आन्दोलन, थारुहटमा भएको आन्दोलन र जनजातिहरुको आन्दोलनको पूर्ण बेवास्ता गरि सेना परिचालन गरेर जनतामा त्रास युक्त/मुर्दा शान्तिको बाताबरणमा ४५ जना भन्दा बढी अधिकार माग्ने जनतालाई गोलि हानि हत्या गरि जनता शोक मनाई रहेको अवस्थामा ल्याईएको संबिधान नेपालको बहुसंख्याक आदिवासी जनजाति, मधेशी, महिला, मुस्लिम तथा सिमान्तकृत समुदायको भेष, भाषा, सस्कृति र अधिकारको विरुध्दमा भएकोले ज्याक्सन हाईट्स न्युयोर्कको डाईभर्सिटी प्लाजामा “जनविरोधी संबिधान बहिस्कार सभा” आयोजना गरि च्यातियो |
2015-09-20-Anti-Peoples-Contitution-Boycutt-Program-022

आयोजक :
नेपाल आदिवासी जनजाति महासंघ, अमेरिका
संघिय समाजबादी फोरम, अमेरिका
एसोसिएशन अफ नेपलिज ईन अमेरिका
संघिय लिम्बुवान समाज, अमेरिका
संयुक्त मधेशी-थारु समाज ईन अमेरिका
सोलिडारिटी फ्रन्ट फर डेमोक्रेसी इन नेपाल

कार्यक्रममा लिईएका फोटोहरु हेर्न यहाँ क्लिक गर्नुहोस् |

Leave a Reply

Your email address will not be published. Required fields are marked *