Anti-People’s Constitution Boycott Program in New York

2015-09-20-anti-peoples-constitution-boycott-program-ny-usa

“जनविरोधी संबिधान बहिस्कार सभा” मा हार्दिक निमन्त्रणा !

नेपालमा भएको १० बर्षे जनयुध्द, मधेश आन्दोलन र जनजाति आन्दोलनलाई बेवास्ता गर्दै संबिधान शभाको ९ वर्षे नाटक मन्चन पछी नेपालका तीनजना एकात्मक बादी पुरुष कोइराला, वली र दाहालहरुको बन्द कोटिलबाट धर्म-निरपेक्षताको व्याख्या षड्यन्त्र मुलक रुपमा हिन्दु धर्मको मात्र पक्ष पोषण गर्दै जनताको अभिमत प्रत्यक्ष निर्बाचित कार्यकारी प्रमुख, पहिचान सहितको संघिय प्रदेश, पूर्ण बिकेन्द्रिकृत र अधिकार युक्त शासकीय स्वरूप, मधेशमा भैरहेको आन्दोलन, थारुहटमा भएको आन्दोलन र जनजातिहरुको आन्दोलनको पूर्ण बेवास्ता गरि सेना परिचालन गरेर जनतामा त्रास युक्त/मुर्दा शान्तिको बाताबरणमा ४५ जना भन्दा बढी अधिकार माग्ने जनतालाई गोलि हानि हत्या गरि जनता शोक मनाई रहेको अवस्थामा ल्याईएको संबिधान नेपालको बहुसंख्याक आदिवासी जनजाति, मधेशी, महिला, मुस्लिम तथा सिमान्तकृत समुदायको भेष, भाषा, सस्कृति र अधिकारको विरुध्दमा भएको संबिधान बहिस्कार कार्यक्रममा सहभागी भैदिनु हुन सम्पूर्ण अधिकार तथा न्यायप्रेमी संघ संस्था र समुदायमा “जनबिरोधि संबिधान बहिस्कार समिति’ हार्दिक अनुरोध गर्दछ |
कार्यक्रम:
“जनविरोधी संबिधान बहिस्कार सभा”
आईतबार, सेप्टेम्बर २०,२०१५
साँझ ५:०० बजे देखि १०:०० बजे सम्म
डाईभर्सिटी प्लाजा, ज्याक्सन हाईट्स – न्युयोर्क
आयोजक :
नेपाल आदिवासी जनजाति महासंघ, अमेरिका :संघिय समाजबादी फोरम, अमेरिका
एसोसिएशन अफ नेपलिज ईन अमेरिका :संघिय लिम्बुवान समाज, अमेरिका
संयुक्त मधेशी-थारु समाज ईन अमेरिका :सोलिडारिटी फ्रन्ट फर डेमोक्रेसी इन नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *