धर्मको नाममा राजनीति गर्न हुँदैन : राजदूत कार्की

बुधबार, भाद्र २३, २०७२ / न्यू योर्क:
संयुक्त राज्य अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुन कार्कीले नेपालमा सबै धर्महरु समान भएको र अन्तरिम संविधानले धर्मको बारेमा स्पष्ट उल्लेख गरिसकेकोले नेपाललाई धर्म निरपेक्ष राज्य हुनबाट कसैले रोक्न नसक्ने बताका छन् । नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाले ग्रीन्सबोरो, नर्थ क्यारोलिनामा आयोजना गरेको धर्म निरपेक्षता सम्बन्धी कार्यशालामा बोल्दै राजदूत कार्कीले धर्मको नाममा राजनीति गर्न नहुने र अमेरिका जस्तो उच्चतम लोकतान्त्रिक मुलुकमा बसेर नेपालीहरुले लोकतान्त्रिक चरित्रलाई आत्मसाथ गर्न सिक्नुपर्ने सुझाव समेत दिए ।
fipna-news-at-nepali-bulletin-com-1001

कार्यक्रममा संचारकर्मी तथा अधिकारकर्मी शैलेश श्रेष्ठले ‘धर्मनिरपेक्षताः उत्कृष्ट लोकतान्त्रिक शासन प्रणालीको उच्चतम मानक’ शिर्षकको कार्यपत्र प्रस्तुत गर्दै नेपाली जनताको बलिदानबाट स्थापित धर्म निरपेक्षता नेपाली लोकतन्त्रको उच्चतम मानक भएको र धर्म निरपेक्षतालाई लोकतन्त्रका मसिहा ठान्ने केही कांग्रेस र एमालेका नेताहरुले अपव्याख्या गरेर जनतामाझ भ्रम फैलाएको उल्लेख गरे ।

कार्यक्रममा वरिष्ठ पत्रकार डा. प्रदिप भट्टराईले अहिले धर्म निरपेक्षताको विरोध गरेर मुलुकलाई धर्मभीरुलगायत धार्मिक पाखण्डीहरुले नेपाललाई आमूल परिवर्तनको प्रगतिशीलतातर्फ उन्मुख हुनबाट बञ्चित गराएको धारणा राखे ।

त्यस्तै, महासंघका अध्यक्ष लुईसाङ वाईवाले धर्म निरपेक्षता कुनै धर्म वा कुनै समुदायको विरोधस्वरूप आएको हो भन्ने संकीर्ण मानसिकताबाट टाढा रहन सुझाव दिँदै धर्म निरपेक्षताले नेपालको धार्मिक विविधतालाई सम्मानजनक ढंगले सम्बोधन गर्ने विचार व्यक्त गरे ।
fipna-news-at-nepali-bulletin-com-1002

समाचार श्रोत: Nepalibulletin.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *