अगस्ट २५, २०१५: आदिवासी जनजाती महासंघ अमेरिकाको प्रेस विज्ञप्ति |

पहिचानमा आधारित थारुहट स्वायत्त प्रदेशको माग राखी एक महिनादेखि जारी थारुहट आन्दोलनप्रति जोडदार समर्थन गर्दै भाद्र ७ गते कैलाली जिल्लाको टीकापुरमा आन्दोलनकारी र प्रहरीबीच भएको झडपमा ८ प्रहरी र ३ जना थारु आन्दोलनकारीहरुको मृत्यु आन्दोलनकोक्रममा हुन गएकोमा नेपाल आदिवासी जनजाती महासंघ अमेरिका अत्यन्तै दु:ख प्रकट गर्दछौं ! कैलाली घटनाको बहानामा नेपाल सरकारले आन्दोलन दबाउने नियत राखी कैलालीको टीकापुरमा सेना परिचालन गरि मानव अधिकारको न्युनतम मापदण्ड बिपरित सर्बसाधारण थारुहरुको घर खानतलास गरी आगजनी गर्ने, निजी सम्पति लुट्ने तथा नष्ट गर्ने, थारुहरुमाथि दमन र ज्यादती गर्ने तथा सर्बसाधारण थारुहरुलाई पाशविक यातना दिने जस्ता जघन्य अपराधिक कार्य गरिरहेकोमा महासंघ घोर निन्दा र भ्रत्सना गर्दछौ ! कैलाली घटना घट्नुमा चार दलका शिर्ष नेताहरुको राजनीतिक अदुरदर्शिता, संकीर्णता र परिवर्तनलाई आत्मसात गर्न नसक्नुको उपज हो !
संघीयतामा देश प्रवेश गरिसकेपछि पनि हिजोको प्रशासनिक इकाईहरु अखण्ड नै रहनुपर्छ भन्ने राजनीतिक संकीर्णताले कैलाली घटना हुन् पुगेको महासंघको धारणा छ ! नेपालको ६.५६ प्रतिशत जनसंख्या भएको थारु जातिलाई संघीय गणतन्त्र नेपालमा समेत राज्यले थारुहरुको राजनीतिक अधिकारलाई बन्चित गर्ने षड्यन्त्रको उपज थारु जाति आन्दोलनमा उत्रनु परेको यथार्थलाई कतैबाट पनि अबमुल्यन र बेवास्ता गरिनु हुदैन ! समस्यालाई सेना परिचालन गरेर चर्काउनुको सट्टा यसको राजनीतिक समाधान खोज्न नेपाल सरकार र सरोकारवाला सबैलाई महासंघ अनुरोध गर्दछौ ! साथै, अधिकारको आन्दोलनमा नेपाली सेनालाई अनवाश्यक रुपमा मुछेर नेपाल सरकारले गम्भीर त्रुटी गरिरहेको र तुरन्तै नेपाली सेनालाई आफ्नो ब्यारेकमा फर्काएर आफ्नो गल्ती सच्याउन नेपाल सरकारसँग माग गर्दछौ ! समस्याको समधान प्रशासनिक वा फौजी ढंगले नभई राजनीतिक ढंगले सम्बोधन गर्न महासंघ अव्हान गर्दछौ !
यस्तो सम्बेदनशील घडीमा सबैलाई आत्मसंयमित रहन र सामाजिक संजालमा अनावश्यक टिका-टिप्पणी नगरिदिनु हुन महासंघ अनुरोध गर्दछौ !

लुईसाङ वाईवा तामाङ
अध्यक्ष
मिति: अगष्ट २५, २०१५
fipna-press-releases-25august2015

Leave a Reply

Your email address will not be published. Required fields are marked *