अन्तर्राष्ट्रिय आदिवासी दिवसमा सहभागिता जनाउने बारे !

न्युयोर्क, जुलाई २४, २०१५:

आदिवासी अभिवादन !

बिषय: अन्तर्राष्ट्रिय आदिवासी दिवसमा सहभागिता जनाउने बारे !

महोदय,
यही अगष्ट १० तारिक सोमबारका दिन संयुक्त राष्ट्र संघमा अन्तर्राष्ट्रिय आदिवासी दिवस समारोहमा सहभागी हुन निमंत्रना प्राप्त भएको हुदाँ यहाँको संस्थाबाट जम्मा ५ जना प्रतिनिधि (२ महिला र ३ पुरुष) पठाउन हार्दिक अनुरोध गर्दछौ ! प्रतिनिधि पठाउदा आफ्नै संस्थाको इमेल प्रयोग गर्न हुन् अनुरोध गर्दछौ साथै प्रतिनिधिको नामावली यही जुलाई ३१, तारिकसम्म पठाई सक्नु पर्ने व्योहोरा समेत उल्लेख गर्न चाहन्छौ !

सहभागी प्रतिनिधिको नामवली पठाउनु पर्ने ठेगाना:
Mr. Nicolas Magnien
Email: magnien@un.org
AND,
Mr. Arturo Requesens
Email: requesens@un.org
कार्यक्रम: International Indigenous Peoples Day
स्थान: UN Head Quarters, New York
मिति: Aug. 10, 2015
समय: 3:00 pm to 6:00 pm
आयोजक: UN Permanent Forum on Indigenous Issues

सहभागी प्रतिनिधिहरुले अनिवार्य रुपमै आफ्नो मौलिक संस्कृति झल्काउने पहिरन लगाउनु पर्ने छ ! थप जानकारीकोलागि नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाको केन्द्रीय सचिवालयमा सम्पर्क राख्न हुन् अनुरोध छ !

मान राना मगर
महासचिव, फिप्ना
मिति: जुलाई २४, २०१५

international-day-of-worlds-indigenous-peoples-001
international-day-of-worlds-indigenous-peoples-002
international-day-of-worlds-indigenous-peoples-003

Leave a Reply

Your email address will not be published. Required fields are marked *