अन्तक्रिया कार्यक्रम – मे १७, २०१५ मा |

महाभूकम्पको कारणले नेपालमा राष्ट्रिय संकटको परिस्थिति सृजना भएको परिवेशमा यो राष्ट्रिय संकटप्रति आदिवासी जनजातिहरुको दृष्टिकोण र राष्ट्रिय जीवनमा यसले पार्ने प्रभावलाई लिएर नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाले समसामयिक विषय सन्दर्भमा “Identity Movement Amidst National Tragedy: The Way Forward ” शीर्षकमा नेपाली बिज्ञहरुसहितको प्रस्तुतिमा एक अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको जानकारी गराउदै यहाँलाई सो कार्यक्रममा सहभागी हुन विनम्र अनुरोध गरिन्छ ! साथै, यहाँको संस्थाबाट सरोकारवाला र इच्छुक महानुभावहरुलाई समेत कार्यक्रममा स्वागत छ !

यहाँको प्रतिबद्दता र ऐक्यबद्दताको लागि आभार प्रकट गर्दछौं !

कार्यक्रम: Identity Movement Amidst National Tragedy: The Way Forward
मिति: मे १७, २०१५
स्थान: फिप्नाको कार्यालय, ८२-१२ पेटीट एभिन्यु, एल्मर्स्त
समय: दिउँसो १ बजे

अतिथि प्रस्तोता:
१. पार्वती थापा, पूर्व डी.आई.जी. नेपाल प्रहरी
२. महेन्द्र लावती, पी.एच.डी., प्राध्यापक, मिसिगन बिश्वबिद्यालय
३. डम्बर चेम्जोंग, पी.एच.डी., प्राध्यापक, त्रिभुवन बिश्वबिद्यालय
४. प्रशान्त झा, वरिष्ठ पत्रकार

सचिवालय
नेपाल आदिवासी जनजाति महासंघ अमेरिका

Leave a Reply

Your email address will not be published. Required fields are marked *