आदिवासी जनजाती महासंघ अमेरिकाको प्रेस विज्ञप्ति – अप्रिल २५, २०१५ शनिवार

प्रेष-बिज्ञप्ति

नेपालमा बैशाख १२ गते शनिवार दिउँसो गएको विनाशकारी महाभुकम्पबाट पर्न गएको धनजनको क्षति प्रति अत्यन्तै मर्माहत हुदै नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाको संयोजकत्वमा अमेरिकामा क्रियाशील विभिन्न संघ संस्थाहरुको प्रतिनिधि, बुध्दिजीबी, ब्यावसायी तथा समाज सेवी एबम प्राकृतिक बिपत्ति चिन्तितहरुको उपस्थितिमा आदिवासी जनजाति महासंघको कार्यालयमा भएको छलफलले निम्नानुसारको निर्णय गर्दै यथाशक्य चाडै नेपालमा उद्दार कार्य तथा राहत पुर्याउने निर्णय गरियो |

निर्णय न. १,
एन.आर.एन अमेरिकाको अध्यक्ष श्री खगेन्द्र जि.सी.को संयोजकत्वमा नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाको अध्यक्ष श्री लुईसाङ वाईबा तामाङ, नेपाली जन-सम्पर्क समिति अमेरिकाको अध्यक्ष श्री आनन्द बिष्ट र प्रवासी नेपाली मंच अमेरिकाको अध्यक्ष श्री संजय थापा सदस्य रहेको एक “राहत संकलन तथा उद्दार परिचालन समिति” बनाईयो | यस समितिमा अमेरिकामा क्रियाशील सम्पूर्ण संघ संस्थाहरु सदस्य रहने छ | साथै उक्त संस्थाहरु संग समन्वय र सहकार्य गर्दै राहत संकलन तथा संचालन गरिने निर्णय गरियो |

निर्णय न. २,
अमेरिकाबाट नेपाल पठाउने सम्पूर्ण सहयोग तथा राहत कार्यक्रम ब्यावस्थित गर्न र आवश्यक ठाउमा परिचालन गर्न एन. आर. एन. आई.सी.सी. का लागि उत्तर अमेरिकाको उप-संयोजक श्री सोनाम लामाले (एघार हजार अमेरिकी डलर) $११,०००|-ब्यक्तिगत आर्थिक सहयोग घोषणा गर्दै उद्दार कार्यक्रमको लागि उप-संयोजक श्री सोनाम लामाको संयोजकत्वमा ,जन-सम्पर्क समिति अमेरिकाको अध्यक्ष श्री आनन्द बिष्ट, एन.आर.एन.अमेरिकाको बरिष्ठ उपाध्यक्ष श्री लोक तिवारी र डा. हरिश नेउपाने संलग्न “स्थलगत राहत वितरण टोलि ” तत्काल नेपाल जाने र वहाहरु संग स्वयम् सेवी रुपमा नेपाल गई सहयोग गर्न हुने ईच्छुक उक्त राहत वितरण कार्यमा संलग्न हुन सक्ने निर्णय गरियो |

निर्णय न. ३,
राहात संकलनका बिभिन्न कार्यक्रमहरु “राहत संकलन तथा उद्दार परिचालन समिति” को बैठक बसी तत्काल घोषणा गरिने निर्णय गर्दै यो राष्ट्रिय संकटको घडीमा सबैलाई आ-आफ्नो क्षेत्रबाट सहयोग पुर्याउनु हुन हार्दिक अनुरोध गरियो |

शनिवार, अप्रिल २५, २०१५ श्री लुईसाङ वाईबा तामाङ
अध्यक्ष, नेपाल आदिवासी जनजाति महासंघ अमेरिका
fipna-news-meeting-for-nepal-earthquake

Leave a Reply

Your email address will not be published. Required fields are marked *