नेपालमा महाभुकम्प : प्राथना र राहत संकलनमा अमेरिकामा रहेका नेपाली र नेपाली संस्था |

नेपालमा महाभुकम्प : प्राथना र राहत संकलनमा अमेरिकामा रहेका नेपाली र नेपाली संस्था

खसोखास / न्युयोर्क

नेपालमा हजारौंको ज्यान जाने र घाइते हुने गरी गएको महाभुकम्पपछि अमेरिकामा रहेका नेपालीहरु पनि बेचैन छन् । अमेरिकामा रहेका कैयन नेपालीहरुका आफन्त र नातागोताहरु भुकम्पमा परेर मारिएका छन् भने कैयन घाइते भएका छन् । कैयनका नेपालमा रहेका घरहरु भत्किएका छन् । नेपालमा महाभुकम्पपछिको भयावह अवस्थाबारे जानकारी लिदै अमेरिकामा रहेका नेपालीहरु यतिबेला नेपालका लागि प्राथनामात्र गरिरहेका छैनन्, राहत संकलन समेत सुरु गरिसकेका छन् । केही नेपाली संघसंस्थाहरुले त भुकम्पपछिको अवस्थाका लागि सहयोग गर्न आफ्ना टोलीहरु नेपाल पठाउने योजनामा समेत छन् ।

 



राहत संकलनमा एनआरएन अमेरिका

एनआरएन अन्तर्राष्ट्रियका अध्यक्ष शेष घलेले नेपालमा महाभुकम्पबाट पीडितलाई राहतका लागि २ करोड रुपैया दिने घोषणा गरिरहदा एनआरएन अमेरिकाले पनि राहत संकलन अभियान सुरु गरेको छ । रकम संकलनका लागि एनआरएन अमेरिकाको आपतकालिन रकम सहयोग संकलन खाताको विवरण सार्वजनिक गरिएको छ । अमेरिकामा रहेका नेपालीहरुले बैंक अफ अमेरिकाको Account #        4830 5531 9855
ROUTING #     021 000 322 
  मा गएर वा एनआरएन अमेरिकाको वेवसाइट लिंकमा गएर रकम संकलन गर्न सक्नेछन् । त्यस्तै  भुकम्पपीडितलाई राहत संकलनको अर्को लिंकमा गएर पनि एनआरएन अमेरिका मार्फत सहयोग गर्न सकिने छएको छ ।
एनआरएन अमेरिकाका अध्यक्ष खगेन्द्र जीसीले वक्तब्य जारी गरी अमेरिकामा रहेका अन्य संघ संस्थाहरुलाई पनि सामुहिक रुपमा सहयोग संकलनका लागि अपिल गर्नुभएको छ । जीसीले वक्तब्यमा भन्नुभएको छ – म एनआरएन अमेरिकाको तर्फबाट अमेरिकामा रहेका सम्पुर्ण नेपाली संघ, संस्था लगायत सबैमा सामुहिक रुपमा सहयोग संकलनका लागि अपिल समेत गर्दछु । आउनुहोस् आ आफ्नोस्थान बाट अमेरिकामा रहेका सबै नेपालीको सहयोग रकम संकलन गरौं र मातृभूमी आपतमा परेकाहरुको लागि तत्काल सहयोग गरौं । यतिबेला हामी सबैको आफ्नो जन्म भूमि देशको आपतमा सहयोग तथा उद्धारमा लागि पर्नु कर्तब्य हो। हामी सबैले भौतिक रुपमा देशमा पुगेर तत्काल उद्धार तथा राहतमा सहयोग गर्न सम्भव नभए पनि देशमा भएको यस आपतकालिन अवस्थामा सहयोग पुराउनको लागि आउनुहोस् मिलेर सामूहिक रुपमा आर्थिक सहयोग जुटाऔं ।



राहत संकलन तथा उद्दार परिचालन समिति, एनआरएन अमेरिका क्षेत्रका डीआरसीबाट ११ लाख रुपैया सहयोग

नेपालमा गएको महाभुकम्पबाट भएको क्षतिपछि उद्दार कार्य र राहतका लागि नेपाली आदिवासी जनजाति महासंघ अमेरिकाको संयोजकत्वमा अमेरिकामा रहेका विभिन्न संघ संस्थाहरुका प्रतिनिधि, बुद्धिजीवी, व्यवसायी र समाजसेवीहरुको उपस्थीतिमा आदिवासी जनजाती महासंघको कार्यालयमा आकस्मिक छलफल बोलाएर उद्दार कार्य र राहत पुर्याउने निर्णय गरिएको छ ।
एनआरएन अमेरिकाको अध्यक्ष श्री खगेन्द्र जिसीको संयोजकत्वमा  नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाको अध्यक्ष लुईसाङ वाईबा तामाङ,  नेपाली जन(सम्पर्क समिति अमेरिकाको अध्यक्ष आनन्द बिष्ट र  प्रवासी नेपाली मंच अमेरिकाको अध्यक्ष  संजय थापा सदस्य रहेको  राहत संकलन तथा उद्दार परिचालन समिति बनाइएको छ ।  समितिमा अमेरिकामा क्रियाशील सम्पूर्ण संघ संस्थाहरु सदस्य रहने छन् , उक्त संस्थाहरु संग समन्वय र सहकार्य गर्दै राहत संकलन तथा संचालन गरिने निर्णय गरिएको छ ।
अमेरिकाबाट नेपाल पठाउने सम्पूर्ण सहयोग तथा राहत कार्यक्रम ब्यावस्थित गर्न र आवश्यक ठाउमा परिचालन गर्न एनआरएन आईसीसीका लागि उत्तर अमेरिकाको उप(संयोजक सोनाम लामाले ११ लाख रुपैया (एघार हजार अमेरिकी डलर ) ब्यक्तिगत आर्थिक सहयोग घोषणा  गर्नुभएको छ । उपसंयोजक  सोनाम लामाको संयोजकत्वमा ,जन(सम्पर्क समिति अमेरिकाको अध्यक्ष आनन्द बिष्ट, एनआरएन अमेरिकाको बरिष्ठ उपाध्यक्ष लोक तिवारी र डा। हरिश नेउपाने संलग्नमा स्थलगत राहत वितरण टोलि  तत्काल नेपाल जाने र  उहाहरु संग स्वयम् सेवी रुपमा नेपाल गई सहयोग गर्न हुने ईच्छुक राहत वितरण कार्यमा संलग्न हुन सक्ने निर्णय गरिएको फिप्नाका अध्यक्ष लुईसाङ वाईबा तामाङले जारी गर्नुभएको वक्तब्यमा उल्लेख छ ।



प्रवासी नेपाली मंचबाट शोक व्यक्त र अनुरोध

प्रवासी नेपाली मंच न्युयोर्क राज्यसमिति अमेरिकाका अध्यक्ष राधाकृष्ण देउजाले वक्तब्य जारी गरी प्यारो मातृभूमि नेपालमा गएको महाभूकम्पको खबरले अमेरिकामा रहेका सबै नेपालीहरुलाई अत्यन्तै स्तब्ध बनाएको जनाउनुभएको छ क्ष् महाभूकम्पले नेपालमा रहनुभएका दाजुभाई दिदीबहिनीहरु अहिले एकदमै दुस्ख र पीडाको अवस्थामा कहालीलाग्दो रात र दिन बिताउन बाध्य भैरहेको सुन्नुपर्दा आफ्ना मन रोइरहेको वक्तब्यमा उल्लेख छ ।  यस अवस्थाले सिर्जेको बिपत्ति र क्षतिमा प्रवासी नेपाली मंच, न्युयोर्क राज्यसमिति परिवारसमेत अत्यन्त मर्माहत भएको देउजाले जनाउनुभएके छ ।

वक्तब्यमा  बिपत्ति बाट दिवङ्गत हुनुहुने  प्रिय आमाबुबा, दाजुभाइ दिदीबहिनीहरू र सम्पूर्ण आफन्तजनहरुप्रति हार्दिक समबेदना र श्रद्धान्जली ब्यक्त गर्दै शोकसन्तप्त शोकाकूल परिवारजनहरुमा धैर्यधारण गर्ने शक्ति इश्वरले दिउन् भनि प्रार्थना समेत गरिएको छ । अझै पनि भूकम्पका धक्काहरु महसुश भैरहेकोले स्थिति सामान्य अवस्थामा नआउँन्जेलसम्म कृपया सबै जनसमुदायहरु सुरक्षित स्थानमा रहनुहुन पनि अनुरोध समेत गरिएको छ । वक्तब्यमा भनिएको छ  -‘राष्ट्रिय शोकको यस घडीमा सबै आदरणीय दाजुभाइ, दिदीबहिनीहरुलाई विचलित नभईकन आफ्नो सुरक्षालाई समेत ध्यान दिंदै घाइतेहरुको उद्दार र बिपत्तिमा परेकाहरुप्रति आवश्यक राहत यथाशिघ्र उपलब्ध गर्नगराउन पहलको लागि पनि अनुरोध गर्दछौँ ।’

वक्तब्यमा अझ अगाडि भनिएको छ -‘ यतिखेर हाम्रा सबै नगर र गाउँहरुमा स्थानीय सरकारको उपस्थिति नरहेको अवस्थामा भूकम्पको कारण घाइते भएका र बिपत्तिमा परेकाहरुको तत्काल उद्दार र राहतको एकदमै अभाव भएको महशुस भैरहेको देखिन्छ क्ष् यस स्थितिमा स्थानीय स्तरमा रहेका सबै राजनीतिक दलका नेताकार्यकर्ताहरुलाई सरकारीगैरसरकारी सेवा सहयोगको समन्वयात्मक परिचालनमा एकजुट भै यस विपत्तिको सामना गर्नको लागि कार्य गर्न हामी हार्दिक अनुरोध गर्दछौं क्ष् साथै सरकारी स्तरबाट नियमित सूचना प्रवाहकासाथै बिकट ग्रामिण भेगहरुसम्म यथाशिघ्र राहत उद्दार सामग्री सहितको टोलि यथाशिघ्र परिचालन गरि क्षतिको वास्तविक तथ्यांक संकलन गर्न जोडदार माग गर्दछौं ।’

पीडितसम्म सहयोग पुग्ने निक्यौल गरेरमात्र सहयोग गर्न अनुरोध गर्दै भनिएको छ -‘भौतिक रूपमा हामीहरु बिदेशमा रहेतापनि मानसिक रूपले हाम्रो मन र भावना स्वदेशमा रहनुभएका सबै नेपाली दाजुभाई दिदिबहिनिहरुप्रतीको दुस्खमा अब कसरी सहयोग गर्न सकिन्छ भन्नेमा हामी केन्द्रित भैरहेका छौं । त्यसैले यस दुखद घडीमा आआफ्ना क्षेत्रबाट यथासक्य आर्थिक, भौतिक वा अन्य सहयोग सम्बन्धित आधिकारिक निकाय वा सामाजिक संघसंस्थामार्फत् प्रतेक्ष्यरुपले पिडितहरुसम्म पुग्ने निर्क्योल गरेर मात्र गर्नहुन समस्त अमेरिकाबासी दाजुभाइ दिदीबहिनीहरूलाई हामी हार्दिक अपिल गर्दछौँ ।’



दक्षिण क्यालिफोर्निया निवासी नेपालीहरु राहत संकलनमा

दक्षिण क्यालिफोर्निया निवाशी नेपाली समुदायको तर्फबाट अबिलम्ब राहत प्रदान गर्नका लागि नेपालमा गएको विनाशकारी महाभूकम्प पिडित परिवारको लागि स्थानिय सबै संघ संस्थाहरुको प्रतिनिधित्व रहने गरि जेष्ठ नेपाली अमेरिकन वेदभक्त जोशी संयोजक र राजेन्द्र सिवाकोटी सदस्य सचिव रहेको मातृभूमि नेपालमा गएको विनाशकारी महाभूकम्प पिडित परिवारको लागि सहयोग समिति  गठन गरिएको छ । समितिका तर्फबाट नेपालमा गएको विनाशकारी महाभूकम्प पिडित परिवारको लागि सहयोग गर्न इच्छुक सम्पूर्ण दक्षिण क्यालिफोर्निया निवाशी नेपाली समुदायलाई अनुरोध गरिएको छ ।

सहयोग गर्न चाहनेहरुले  संयोजकस् बेदभक्त जोशी  (३१० ५३० २४० ),  सदस्य  सचिब स् राजेन्द्र सिवाकोटी ( ५६२ २९३ ५५५४ ) ,  नेपाली वाणिज्य दुत ऋषि ढकाल (६२६ ३२० २४३७) , सदस्यहरु  भक्त थापा ( ५६२ ३०४ ८९७०) ,  शारदा श्रेष्ठ (५६२ ५५६ ३८९८ ) ,  दिल बहादुर श्रेष्ठ  (५६२ ३७६ ०७३५ ),  बलराम थापा (५६२ ३०४ ८१४६ ) ,  पुरुषोत्तम ढकाल (३२३ ७१७ ७४४५ ) ,  शान्तिराम ढकाल (५६२ २२१ ४४७२ ) ,  गोकुल पौड्याल ( ८१८ ६२६ १९००) ,  सुर्य मानन्धर (३१० ७१४ ६५७८ ) ,  मदन पाठक ( ५६२ ३७५ २२८४) , दिल श्रेष्ठ  (६२६ २२७ ४८७९ ) , राम बाबु पाण्डे  (५६२ ४१३ ०८००) , ज्ञानेन्द्र गुरुङ ( ८१८ २८५ ९७९३ ) , बखान थापा   (७१४ ६१८ १६८५ )  र  मुकुन्द ढुंगाना (५६२ २४२ ६६७६ )  लाई सम्पर्क गर्न सकिने जनाइएको छ ।

मातृभूमि नेपालमा गएको विनाशकारी महाभूकम्प पिडित परिवारको लागि सहयोग गर्न इच्छुक दक्षिण क्यालिफोर्निया निवाशी नेपाली समुदायलाई स्थानिय पशुपति फाउन्डेसन मार्फत अबिलम्ब राहत पुर्याउने प्रयास रहेको हुँदा इच्छुक दाताहरुले फाउन्डेसनको नाममा नगद वा चेक उपलब्ध गराउन सक्ने वा फाउन्डेसन कार्यालयमा सम्पर्क राख्न समेत अनुरोध गरिएको छ ।



प्रभुमनीले शुल्कबापत उठेको आठ दिनको रकम राहतमा दिने

 अमेरिकाको न्युयोर्कमा रहेको मनी ट्रान्स्फर प्रभु मनी ट्रान्सफरले आठदिनसम्म मनी ट्रान्स्फर शुल्क बापत उठेको सबै रकम भुकम्पपीडितको राहतमा दिने भएको छ । अप्रिल २६ देखि मे ३ सम्म मनी ट्रान्स्फर शुल्कबाट संकलित सबै रकम भुकम्प पीडितलाई दिने प्रभु गु्रप इन्कका मार्केटिङ अफिसर राजेन्द्र भट्टचनले जानकारी दिएका छन् । प्रभु परिवारले नेपालमा भुकम्पबाट भएको जनधनको क्षतीप्रति दुख समेत व्यक्त गरेको छ ।



फेशन डिजाइनर प्रवल गुरुङबाट फण्डरेजिङ

नेपालमा गएको महाभुकम्पबाट पीडितका लागि राहत पुर्याउनका लागि अमेरिकामा रहेका नेपाली मुलका फेशन डिजाइनर प्रबल गुरुङले शिक्षा फाउण्डेशन नेपालमार्फत प्रदान गर्नेगरी फण्डरेजिङ सुरु गरेका छन् । २ लाख ५० हजार अमेरिकी डलर संकलनको लक्ष्य सहित सुरु गरिएको फण्डरेजिङमा अमेरिकी समय अनुशार आइतबार विहान ११ बजेसम्म १ लाख डलरभन्दा धेरै रकम संकलन भइसकेको छ ।
शिक्षा फाउण्डेशनका बोर्ड सदस्य तथा ब्राण्ड एम्बेसडर समेत रहेका गुरुङले भनेका छन् –‘म नेपालबाट आएको हुँ । मेरा धेरै परिवारका सदस्यहरु र साथीहरु नेपालमा छन् । म त्यहाँ सहयोगका लागि व्यक्तिगत रुपमा पुग्न नसकेपनि राहत पु¥याउने उद्देश्यले फण्डरेजिङ सुरु गरेको हुँ । ’
गुरुङले संचालन गरेको फण्डरेजिङमा तपाई पनि सहयोग गर्न चाहनुहुन्छ भने फेशन डिजाइनर प्रवल गुरुङबाट संचालित फण्डरेजिङ अभियानमा क्लिक गरेर डोनेशन दिन सक्नुहुन्छ । प्रवल गुरुङ बाहेक अरुले संचालन गरेका अभियानमार्फत पनि तपाईले डोनेशन नि सक्नुहुन्छ । त्यसका लागि तपाईले भुकम्पपीडितका लागि संचालित राहत अभियानमा गएर कुनै अभियान छान्न सक्नुहुन्छ ।



मैनबत्ति बालेर प्राथना

यसैबीच न्युयोर्कका नेपालीहरु ज्याक्सनहाइटमा जम्मा भएर मैनबत्ति बालेर नेपालका लागि प्राथना गरेका छन् । भुकम्पबाट ज्यान गुमाउनेहरुको आत्माको शान्ति र भुकम्पपीडितहरुप्रति समवेदन व्यक्त गर्दै मैनबत्ति बालेर प्राथना गरिएको हो । ज्याक्सनहाइटको डाइभर्सिटी प्लाजामा मैनबत्ति बालेर प्राथना गर्नका लागि ठूलो संख्यामा नेपालीहरु जम्मा भएका थिए ।

प्राथनाका तस्विरहरु प्रशान राई र प्रदीप थापाले खिचेका हुन् । 

News Source: http://khasokhas.com/news/1004#sthash.DdFGKf5P.dpuf

Leave a Reply

Your email address will not be published. Required fields are marked *