महिला अधिकारसंग जोडिएका केहि सवालहरू |

महिला अधिकारसंग जोडिएका केहि सवालहरू
– इन्दिरा चोङ्बाङ
indira-chongbang

प्राय जसो महिलाहरु मेरो नाम यो हो भनेर परिचय गर्नु भन्दा म फलानाको श्रीमती हो भनेर चिनिन मन पराउछन् । यसमा हामीलाई जन्म देखिको संस्कारले प्रमुख भूमिका खेलेको देखिन्छ । हामी सबैले अनुभब गरेको कुरो हाम्री आमाहरूले गरेको परिचयको आभास आजसम्म हामी सामु ताजै छ त्यसैले हामीले त्यो ब्यबहारलाई हाम्रो मानसपाटल बाट हटाउन सकेका छैनौ । यसैको उपजको रुपमा लिन सकिन्छ श्रीमानको पधबी या नाम जे भनेर अरुले चिन्छन त्यसैसंग जोडेर महिलाहरू  आफ्नो परिचय दिन्छन् । फलानाको छोरी, बुहारी, श्रीमती भनेर आफ्नो परिचय दिने चलन अहिले सम्म पनि यावत देखिन्छ । यसरी महिलाहरू अहिलेको एक्काईसौं शताब्दीमा आइपुग्दा पनि म यो हु भनेर आफ्नो परिचय लुकाउनुमा हाम्रो सामाजिक संस्कारले प्रमुख भूमिका खेलेको देखिन्छ । यति मात्र होइन नेपाली महिलाहरुलाई जहाँ गए पनि पुरुषहरुले हेर्ने प्रबृदी जस्ताको तस्तै रहेकोले  उनीहरू सामाजिक र राजनीतिक रुपमा सचेत हुन् सकेका छैनन् ।

हाम्रै समाजमा कयैन् उदाहरणहरू छन् जहाँ पुरुषहरू महिला भन्ने शब्द  रुचौदैनन् । उदाहरणको लागि लिम्बु जाति छन् भने उनीहरू कुनै बिषयमा बहश  गर्दा लिम्बु लेखे पुगी हाल्यो भन्ने बिचार राख्छन् तर लिम्बु महिला भन्न उनीहरुलाई कन्जुसाई हुन्छ । त्यसैगरी आदिवासी जनजातिको सवालमा आदिवासी जनजाती महिला भन्ने शब्द सुन्न चाहदैनन् । यसरी हामी हाम्रै समाजमा पुरुष द्वुरा विभेदमा परेका हुन्छौ । अहिले नेपालको संबिधानमा पनि महिला भन्ने शब्द लेखिंदा नेपाल भित्र रहेका सम्पूर्ण जात जाति र समुदायभित्र रहेका महिलालाई सम्बोधन हुनुपर्छ भनेर आवाज उठेको छ । आदिवासी जनजातिको अधिकार भित्र पनि आदिवाशी जनजाती महिला शब्द हुनुपर्छ भन्ने आवाज छ । महिला आधिकारको कुरा गर्दा महिला मात्र भनेर सम्पूर्ण नेपाली महिलाहरुलाई समेटिदैन किनकी कतिपय समस्याहरु साझा भए पनि सबैको समस्या उस्ता उस्तै छैनन् । त्यसैले महिलाको समस्या भन्दैमा त्यहाँ आदिवासी जनजाती, दलित र मधेशी महिला पर्दैन, किन भने यिनीहरुको सामाजिक परिवेश, संस्कार र संरचना अलग छ त्यसैले उनीहरुले भोग्दै आएका समस्याहरु पनि अलग छन् । हाम्रो जस्तो बिबिधता भएको संस्कारलाई सबैले मान्नु हाम्रो दायित्व हो।

त्यसैले जनजाति, लिम्बु, खम्बु भनेर अधिकार उठाईरहंदा त्यहाभित्र रहेका महिलालाई भने सधै बेवास्ता गर्ने दरिद्र मानसिकताको अन्त्य हुनुपर्छ ।
अहिले लिम्बुवान, खम्बुवान, मगरात लगायत विभिन्न जातीय स्वायत्त राज्य हुनुपर्छ भन्नेमा सम्पूर्ण आदिवासी जनजातिहरु एक छन् तर यति ठुलो सोचाई राख्नेहरु समेत आदिवासी जनजाति महिला भन्नमा कतिपयलाई हिचकिचावट हुन्छ । आदिवासी जनजाति भने भईहाल्छ या लिम्बु, राई भने त्यसभित्रका महिलाहरु स्वत परिहाल्छ भन्ने भ्रम अझै पनि कतिपयसँग रहेको छ, यो बुझाइ गलत हो किनकी महिलालाई महिला भन्न सम्म नारुचाउनेले भोलि त्यहाँ समान अधिकार दिन्छ भन्ने कुनै ग्यारेन्टी हुन्न त्यसैले यो बिषयमा सम्पूर्ण जनमानस  सचेत हुनु जरूरी  छ । कुनै पनि जाति बिशेसको उल्लेख गर्दा त्यसभित्रका सम्पूर्ण महिलाका हक अधिकार सुनिश्चित हुन् सक्दैन अहिलेसम्मको ईतिहासको कालखण्डले यहि कुरो इंगित गरेको छ र यसैका खातिर विश्वका महिलाहरू आन्दोलित भएका छन् । यी यावत समस्या भनेको पुरुश्बादी सोचको हाबी हुनु हो र महिलालाई सधै हामी भन्दा मुनि हुनुपर्छ भन्ने संकुचित सोचले ग्रस्त पुरुषबादी सोचको उपज हो ।

महिलाहरु आफ्नो अधिकारको बिषयमा बहश पैरवी गर्यो भने पोथी बासेको राम्रो हुन्न भन्ने चलन हाम्रो समाजमा हटेको छैन । आफ्नो छोरी, बुहारी र श्रीमतीलाई अझै पनि अपहेलना पूर्ण शब्द प्रयोग गरिन्छ “आइमाई” । पुरुष आखाँको हेराइले यसरी महिलाको परिचय बिगारिदिएको छ । त्यहाँ सामुहिक महिलाहरु नै किन नहोस सबैको छुट्टा छुट्टै परिचय लुकेको हुन्छ तर उनीहरु त्यस भेलालाई “आइमाइहरू” भन्न रुचाउछन् । यो शब्द अमेरिकासम्म आइपुग्दा पनि हटेको पाइएन ।

कतिपय पढे लेखेका महिलाहरु पनि महिलाका बास्तविक इस्सुका बारेमा अनभिज्ञ हुन्छन् र आफुलाई श्रीमानको सेवककोरुपमा परिचय दिन मन पराउछन् । धेरै जसो हिन्दु धर्मको प्रभावमा पर्ने महिलाहरू आफ्नो श्रीमानलाई देवताको रुपमा मान गर्ने चलन छ । त्यसैले हामी जति बिकसित देशमा भए पनि, जति शिक्षा र चेतनाले पूर्ण भए पनि श्रीमतीलाई काबुमा राख्न पुरुषहरु खप्पिस छन् यो पनि लैगिक विभेदकै नमुना हो ।
बिकशित देशमा पनि महिलाहरू आफ्नो परिचय भुलेर आफ्नो श्रीमान को नामबाट मिसेस भनेर चिन्न मन पराउछन तर यसको अर्थ यहाँका पुरुषहरू महिला माथिको दृस्टीकोण हाम्रो जस्तै छ भन्न मिल्दैन । हामीले टेकेको धरातल र यिनीहरू रहेको बास्तबिकता धेरै अन्तर छ । उनिहरू सक्षम छन् त्यसैले उनीहरुलाई  अहिले यो अवस्थामा गरिएको विभेद केहि हदसम्म भए पनि हाम्रो जस्तो सामजिकपरिबेशमा बेग्लै नै
रहेको छ ।

महिला आन्दोलनको ईतिहासलाई कोट्याउने हो भने यिनीहरुलाई सधै पुरुषको प्रयोग गर्ने साधनको रुपमा प्रयोग भएकोले आन्दोलित भएका हुन् । बच्चा जन्माउने, हुर्काउने र परिवारको हेरचार गर्ने जस्ता महत्वपूर्ण जिम्मेवारी सधै महिलाको काँधमा हुन्छ भने पुरुषहरु संधै बाहिरी राजनीतिक र निर्णायक भूमिकामा अग्रसर हुन्छन् । महिलाको अभाबमा यो सृष्टिको निरन्तरता असम्भब छ तर यो महत्वलाई बिर्सेर यिनीहरूले ईतिहासको लामो कालखण्डसम्म विभिन्न विभेदको शिकार हुनुपरेको थियो । लामो संघर्षको बाबजुद अहिले महिलाहरू सामाजिक, राजनीतिक र निर्णायक तहमा आफ्नो पहुँच बडाउदै छन् । यी सब कुरालाई अहिले हामीले चिन्तन मनन गर्न जरुरि छ, यस बारेमा पुरुषहरु उनीहरूलाई कसरी सक्षम बनाउने भन्दा पनि उनीहरुलाई कसरि प्रयोग गर्ने भन्ने गलत सोचाइबाट परिचालित भएकोले अझै पनि महिलाहरुले यो विभेदलाई चिर्दै संघर्स गर्नु परेको छ । अमेरिकामा पनि महिलाहरुले आजको  स्थितिमा आइपुग्नका लागि विभिन्न संघर्ष गर्नुपरेको थियो । आजभन्दा ९० वर्ष अघि सम्म यहाँका महिलाहरूलाई भोट दिने अधिकार थिएन भने सन् १९४७ सम्म महिलालाई हार्वर्ड र क्याम्ब्रिज जस्ता बिस्व बिध्यलायामा पढ्न पाउदैन थिए तैपनि परिक्षामा बस्न चाहि दिइन्थ्यो ।

विश्व ईतिहासलाई नै नियाल्ने हो भने महिलाहरू लैंगिक विभेदको शिकार भएका छन् । यति हुँदा हुँदै पनि अहिले विश्वमा विभिन्न महिलाहरु सामाजिक, राजनीतिक र व्यवशायिकरुपमा शक्तिशाली हुँदै आएका छन् । अहिले विश्व हाक्ने महिलाहरु प्रसस्त छन् । कन्डोलिजा राइस, हिलारी किलिन्टन, सोनिया गान्धी, बेनिजर भुट्टो, श्रीबिन इवादी, जे के रोलिंग, क्रिस्टेन अमंपुर जस्ता महिलाहरुले विश्वमा राजनीतिक, सामाजिक र आर्थिक क्रान्तिहरुमा महत्व पूर्ण भूमिका खेलेका छन् । यसरी  उन्नत महिलाहरूलाई बाहिर बाट झवाट्ट हेर्दा उनीहरूसंग हामीले भोगेका जस्ता समस्याहरू थिएन जस्तो लाग्छ तर विश्वकै महिलाहरुले आज जे जस्तो उपलब्धी हासिल गरेका छन् त्यसको पछाडी अनेकन संघर्षका पाटाहरु छन् । यसको तात्पर्य लैगिक विभेदको जरो विश्वमै फैलिएको जरो हो फरक यति छ बिकशित रास्ट्रहरूमा यसको प्रभाब कम छन् त अविकसित रास्ट्रहरूमा यसको प्रभाब ठुलो छ । तथ्यांकमा उल्लेख भए अनुसार बिगत ५० बर्षको अवधिमा महिलाहरूले यी सफलताहरू हात पार्दै आएका छन् तर अझै पनि विश्वकै वोर्कफोर्समा महिलाहरुको सहभागिता कम देखिएको छ । कतिपय रास्ट्रहरु जहाँ अझै सम्म पनि प्रजातान्त्रिक अभ्यासको विकास भएको छैन महिलाहरू बढी प्रताडित हुदै आएका छन् ।
अन्तररास्ट्रीय मानब अधिकार सम्बन्धि घोषणापत्रमा मानिसलाई व्यक्तिगत स्वतन्त्रता, रोज्न पाउने  स्वतन्त्रता,  सोच र बिचारमा  स्वतन्त्रता र न्यायमा  समानता  जस्ता विषयहरू मानब अधिकार अन्तर्गत व्यक्तिको नैसर्गिक अधिकारभित्रको कुरो हो र यसलाई लागु गर्ने हो भने महिलाहरु विभेदको शिकार हुनबाट मुक्ति पाउछन् । प्रजातान्त्रिक र बिकशित मुलुकहरूमा यस्ता मानब अधिकारको वकालत हुन्छ र लागु पनि हुन्छ तर अझै कतिपय देशहरुले  यसलाई लागु गरेको  छैन ।

इस्लामिक महिलाहरुले यो अधिकार प्रयोग गर्न पाएका छैनन् । उदाहरणको लागि साउदी अरबमा महिलाहरूलाई  काम गर्ने, स्वतन्त्र हिंड्ने र गाडी चलाउने जस्ता अधिकारबाट बन्चित भएका छन् भने पुरुषहरु मात्र निश्चित स्कुल र बिस्व बिद्यालय जान पाउछन् । महिलाहरुले हरेक निर्णय गर्दा पुरुषसंग अनुमति लिनु पर्ने हुन्छ ।

यसरी  महिलाहरूको सामाजिक हैसियत कस्तो छ भन्ने सवालमा सम्बन्धित संस्कृतिक परिवेश र राज्यको कानुनले पनि प्रमुख भूमिका खेलेको देखिन्छ । विश्वमा विभिन्न युद्ध, भोकमारी र अन्य विभिन्न कुराहरूको प्रत्यक्ष नकारात्मक असर महिलाले भोगेको हुन्छ भने एउटा परिवार र समाजलाई कुन गतिमा अगाडी बढाउने भन्ने सन्दर्भमा पनि महिलाकै प्रमुख भूमिका हुन्छ / परिवारमा आमा असिक्षित छिन् भने त्यसको प्रत्यक्ष असर बच्चामा परेको हुन्छ, त्यसरी नै आमालाई नै आफ्नो सामाजिक संस्कार र संस्कृतिको जानकारी छैन भने भोलि बच्चामा त्यो गुण को बिकास गर्न कठिन हुन्छ । त्यसैले जो कोहि महिला परिवारका मुली हुन्,  जब मुली सिक्षित, सचेत र पूर्ण हुन्छ परिवारको भबिस्य त्यतैतिर डोरिएको हुन्छ । अहिलेको आधुनिक समयमा जुनसुकै नेतृत्व भनेको पनि सहभागिता पूर्ण हुनुपर्छ ।कसैलाई पन्छाएर, युद्ध गरेर नयाँ र शभ्य समाजको कल्पना गर्नु दिवा सपना मात्र हुन् आउछ त्यसैले यसबारेमा सबैको सोचाई केन्द्रित हुन् जरूरी  छ । आजको बिस्व भनेको नयाँ युगको थालनीको हो, सूचना र संचारले विश्वलाई एउटा सानो कोठामा सिमित पारेको छ त्यसैले फेरी पनि त्यहिँ पुरानो सोचलाई दिमागमा राखेर नयाँ परिवर्तन ल्याउछु भन्नु भ्रम हो । त्यसैले जबसम्म विश्वमा महिलाहरू पूर्णरुपमा सिक्षित, सचेत र निर्णयाक तहमा सहभागी हुँदैनन तबसम्म नयाँ युगको परिकल्पना हुन सक्दैन यसमा आजै देखि सबैजना गम्भीर हुनु पर्नेछ अनिमात्र हामीले खोजेको जस्तो आदर्श भबिस्यको कल्पना सम्भब छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *