संघिय नेपालमा शेर्पा स्वायत्ता प्रदेशको आवश्यकता |

संघिय नेपालमा शेर्पा स्वायत्ता प्रदेशको आवश्यकता
– लक्की शेर्पा संबिधान सभा सदस्य 
lucky-sherpa

प्रारम्भः
नेपालमा परापुर्बकालदेखि बिबिध जाति भाषाभाषी धर्मालम्बी साँस्कृतिक समुदायहरु रहदै आएका पाउछौ । जसमध्ये शेर्पा जाति पनि नेपालको सन्दर्भमा बिशिष्ट पाहिचान बोकेका परापुर्बकालदेखि भौगोलिक रुपमा नेपालको उतरी भेगका हिमाली क्षेत्रमा जनसंख्याको हिसावले सघन रुपमा बसोबास गरी आएका आफ्नै भाषा सँस्कृति मौलिक किसिमको जीवनशैली रहेका शान्तिप्रेमी भगवान बुद्दका अनुयायी सिंगो मुलुकले नै गर्ब गर्न लायकको ऐतिहासिक धरातल बोकेको जाति शेर्पा जाति हो ।

मुलुक एकात्मक केन्द्रीकृत शासन प्रणालीबाट भावी संबिधानमा संघात्मक समाबेशीय ढाँचामा जाने निश्चित भई सकेकोले तदनुरुपको खाका संबिधानमा समेत कोरिएको छ । संघीयतालाई मुर्तरुप दिन राज्य पुन संरचना समितिले पहिचान र सामर्थ्यलाई आधार मानेको छ जसमा जनसंख्या भौगोलिक ऐतिहासिक निरन्तरता आर्थिक संभाब्यता जस्ता कुराहरु राखिएका छन् भने सामर्थ्यको आधार अन्तर्गत आर्थिक अन्तरसम्बन्ध पुर्बधार बिकासको अबस्था र सम्भावना प्राकृतिक साधन र स्रोतको उपलब्धता र प्रशासनिक सुगमतालाई लिईएको छ ।
पहिचान र सामर्थ्य आधारित स्वायत्त स्वाशासित तथा अधिकार सम्पन्न प्रदेश निर्माणको सिलसिलामा शेर्पा जातिका सम्बन्धमा यथेष्ट मात्रमा पहिचान र सामर्थ्यका आधारहरु उपलब्ध गराउन सकिन्छ ।
शेर्पा स्वायत्त प्रदेशका पहिचान र सामर्थ्य आधारहरुः
१।माथि उल्लेख गरिए झैं सदियौ देखि निरन्तर रुपमा बसोबास गर्दे आएका शेर्पा जातिको साझा बिशाल भुगोल साझा जीवन पद्दति ।
२।जनसंख्यालाई नै आधार मान्ने हो भने पनि पाँच लाख भन्दा बढी जनसंख्या हुनु ।
३।अदिमकाल देखि निरन्तर रुपमा यही क्षेत्रमा बसोबासमा निरन्तरता ।
४।बिशिष्ट किसिमको भाषिक धार्मिक र साँस्कृतिक पहिचान ।
५।नेपालको उतर पुर्बी हिमाली भुभागमा शेर्पा जनसंख्याको बाहुल्यता ।
६।पर्बातारोहण पर्यापर्यटन ब्यबसायमा अन्तराष्ट्रिय स्तरमै ख्याति कमाएका बार्षिक रुपमा पचास हजार भन्दा बढी पर्यटक यहा भित्रिनु र राष्ट्र हितमा अतुलनिय भुमिका निर्बाह गरेका ।
७।राष्ट्रिय अर्थतन्त्र माथि उठाउन बिशेष टेवा पुर्याएका ।
८।सदियौं देखि राज्य संरचनामा समाहित हुन नपाएका राजनैतिक सामाजिक आर्थिक बहिष्करण बंञ्चितिकरण सिमान्तकरणमा परेका र बर्गिय उत्पीडन भोगेका ।
९।देश मेरो हो राज्य मेरो होईन भन्ने हिजाका भावनालाई त्याग्दै आफ्ना पहिचान र राज्य संरचनामा सेर्पा जातिको अधिकार सुनिश्चत गर्दे राज्यको मुलप्रवाहमा समाहित हुने भावनाबाट शेर्पा जाति प्रचुर रुपमा प्रेरित भएका ।
१०।शेर्पा जातिका बसोबासको बाहुल्यता रहेको स्थानमा जैबिक बिबिधताको प्रचुर मात्रमा उपलब्धता ।
११।बिश्वकै लामा हिमनदीहरु यही प्रदेशमा भएकाले जलस्रोतको बिकासमा प्रबल संभावना भोटेकोशी तामाकोशी सुनकोशी लिखु सोलु दुधकोशी जस्ता नदीहरु हुनु र एसियामै पहिलो प्रबिधिका रुपमा यही क्षेत्रमा प्रयोग हुनु ।
१२।बिश्वको १४ हिमशिखर मध्ये ८ वटा यसै स्थानमा अबस्थित सलामी दस्तुर बापत सलामी दस्तुर बापत १९ अरब भन्दा बढी मुलुकलाई आम्दानी ।
१३।बाहिरी क्षेत्रकाहरुलाई समेत पर्यटन होटल गलैचा उधोग आदिमा रोजगारीको अबसर प्रदान भएकाले ।
१४।हिमाली जिल्ला भईकन पनि सुगम जिल्ला भन्दा बढी बिदेशी मुद्रा ठभरषततबलयभ भित्रिने भएकोले ।
१५।बिश्व सम्पदा सुची झळड्रक्षइ ढअचिम  भचषतबनभमा रहेका धेरै बिश्व सम्पदा जस्तै गुम्बा गुठी देब देवालया जस्ता ऐतिहासिक धरोहरा यसै स्थानमा रहनु ।
१६।प्रशासनिक सुगमता जस्तै बिधुत संञ्चार यातायातको प्रयाप्त बिकाश र आर्थिक रुपले आत्मनिर्भर ।
१७।स्वास्थ्य क्षेत्रमा मुलुककै नमुना अस्पतालहरु यही अबस्थित हुनु ।
१८।बिश्व कीर्तिमानका कयौ स्थान यही अबस्थित रहनु साथै बिश्व कीर्तिमान ‌गषलभबक ढअचिम ठभयअचम कायम गर्ने बहुसंख्यक नेपाली यही हुनु ।
१९।बिश्व सुचीमा रहेका बन्यजन्तु आरक्ष र लोपोन्मुख बन्यजन्तु रहेकाले ।
२०।चीनसंग सीमा जोडिएकोले अन्तराष्ट्रिय ब्यापारको लागि सहजता र छिमेकी मुलुकसंगको सौहर्दता ।
२१।पशुपालनमा मुलुककै नमुना उत्पादन भएकोले दुग्ध उत्पादन लगायत डेरी उत्पादनमा आत्मनिर्भरताको साथै बजारको उपलब्धता ।
२२।बिश्वकै अग्लादेखि उर्भरा भुमि समेत भएकोले कृषिमा बिबिधता र आत्मनिर्भरता ।
२३।चौरी भेडापालन र उनी कताईबाट बिश्व स्तरिय गलैचा र राडी पाखीको उत्पादन ।
२४।अन्तराष्ट्रिय मापदण्ड अनुरुपको आफ्नै जीवन पद्दति परम्परागत ज्ञान र सीप टचबमषतषअलबि ़लअधिभमनभ र बौद्दिक सम्पति ऋलतभििभयतगबि एचअउभचतथ यस समुदायमा बिधमान रहेकोले ।
२५।महिला पुरुष बराबर भन्ने समभाव भएको शिक्षा लगायत अन्य क्षेत्रमा महिला पुरुष समान स्थिति र अन्य सम्प्रदायप्रति सहिष्णुताको भाव भएको जाति ।
२६।नेपाललाई बिश्वमा चिनाउने पर्बतमालाहरु अधिक मात्रमा शेर्पा भाषामा नै नामाकरण हुनु ।
२७।छोटो समय भित्रै बिश्वका भिबिन्न प्रसिद्ध बिश्व बिद्यालयहरुमा राम्रो पहुच बनाई अध्यन अध्यापन गरेकाले कानुनी लगायत अन्य प्रसानिक रुपमा संघ चलाउन दक्ष जनशक्ति उत्पादन हुनु ।
२८।यातायातको सुगमता
क रोपवेको संभावना
ख मुलुककै सबैभन्दा बढी बिमान स्थलको उपलब्धता मुलुककै सम्पुर्ण बिमान स्थलको घाटा यहीको बिमान स्थलले पुर्ति गरिदिनु ।
यस लगायत हामीले अन्तराष्ट्रिय अनुभवहरुलाई पनि उदाहरणको रुपमा लिन आवश्यक हुन्छ । बिश्वको बिकसित मुलुकहरुमध्ये एक क्यानाडामै पनि त्यहाँ पैतिस हजार भन्दा कम जनसंख्याका युकोन ञगपअल र नुनाभुट ळगलबखगत जस्ता प्रदेशहरु पनि छन् कारण उनीहरुले भुगोललाई मुल आधार बनाएका पाईन्छ भने संयुक्त राज्य अमेरिकाको वायोमिङ ढथअरषलन जस्ता प्रदेशमा पाँच लाखको हाराहारीको मात्र जनसंख्या छ यसैको तुलना गर्ने हो भने क्यानाडामा क्युबेक णगéदभय र अन्तरियो इलतबचषअ का जनसंख्या करोडौको हाराहारीमा पाईन्छ भने संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया र टेक्सासको जनसंख्या क्रमशः तीन करोड साठी लाख र दुई करोड पचास लाख रहेको अबस्था छ । यो सिंगो नेपालकै भन्दा बढी छ यहाँ यहाँ प्रसंग किन जोडन आवश्यक छ भने यदि जनसंख्याको बिषमतामा पनि भुगोललाई आधार मानी राज्य या प्रदेश बनाउन सकिन्छ भने नेपालको सन्दर्भमा किन लागु हुन सक्दैन जबकि शेर्पा जातिको हकमा पहिचान र सामर्थ्य्रका दुबै आधारहरु प्रयाप्त छन् । यसै सन्दर्भमा पनि यदि जनसंख्यालाई मात्र आधार मान्ने हो भने किन तराईकै समथर भुभागमा धेरै भन्दा धेरै प्रदेशहरु निर्माण गरिदैन भन्ने बिबादास्पद प्रश्न पनि प्रखर रुपमा उठिरहेको पाईन्छ ।
भूगोलकै बिषयमा पनि भिबिन्न टिका टिप्पणी हरु हुने गर्छन जस्तै विश्वकै आर्थिक शक्ति राष्ट्र जापानकै भूगोल चिलीको लट्ठी आकारको भूगोल त्यस्तै भियतनामको सर्प आकारको भूगोलको आकारको हिसावले मात्र त्यो संघिय राज्य हुन् सक्छ या सक्दैन भन्ने कुराले महत्व राख्दैन ।
यसै सिलसिलामा शेर्पा स्वायत्ता प्रदेसको लागि पहिचान र सामर्थ्यका आधारहरु जनसंख्याको हिसाबले सघनबस्तीको रुपमा रहेको र भुगोलको आधारमा प्रयाप्त मात्रमा क्षेत्रफलमा रहेको ऐतिहासिक निरन्तरताको सवालमा हजारौ बर्षदेखि बसोवास गरि आएको लगायत पहिचान र सामर्थ्यका यथेष्ट आधारहरु राज्य पुनसंरचना समितिको सदस्यको नाताले जोडदार रुपमा उठाईएको कुरा सहर्ष स्मरण गराउन चाहान्छु ।

प्रदेशका राज्य पुनसंरचनामा प्रस्तुत स्वायत्ता प्रदेशका खाँका

शेर्पा स्वायत्ता प्रदेशको सिमांकन
पुर्बमा ताप्लेजुङ देखि पश्चिममा सिन्धुपाल्चोक सम्मको भुभागलाई शेर्पा जातिको बाहुल्यता भएकोले शेर्पा स्वायत्ता प्रदेशको रुपमा राखिएको छ शेर्पाहरुको अधिक जनसंख्या रहेको जिल्लाहरुमा सोलुखुम्बु भोजपुर रामेछाप दोलखा सिन्धुपाल्चोक ताप्लेजुङ वखलढुंगा संखुवासभा खोटाङ तेह्रथुम सुनसरी धनकुटा ईलाम र काठमाण्डौं लगायत २६ भन्दा बढी जिल्लाहरु पर्दछन् ।

राज्य पुनसंरचना तथा शक्तिको बाड्फाड समितीमा प्रस्ताबित खाकामा लिम्बुवान प्रदेश किरात प्रदेश ताम्सालिङ प्रदेश कोचिला प्रदेश मिथिला प्रदेश नेवा प्रदेश शेर्पा प्रदेश बुद्द प्रदेश तमुवान प्रदेश मगरात प्रदेश थरुहट प्रदेश कर्णाली प्रदेश महाकाली प्रदेश गरी जम्मा १३ वटा प्रदेशहरु प्रस्तावित गरिएको ब्यहोरा यहाँहरुमा जानकारी गराउन चाहन्छु
राज्य पुनसंरचना समितिमा उपसमितिले ६ र १४ प्रदेश प्रस्तावित गरिएको ब्यहोरा यहाँहरुमा अबगत नै भएको कुरा हो झिनो संख्याका सभासदबाट जातियतालाई आधार बनाउन नहुने तर्क उठिएको थियो भने जातिय आधार नै हुनु पर्ने बिषयमा पनि ध्वनि आवाज उठिएको थिए । शेर्पा स्वायत्ता प्रदेशको सवालमा सबै सभासद मित्रहरुलाई सशक्त पैरवी को कारण प्रस्तावको रुपमा गई सकेको कुरा पनि यहाँहरुलाई बिदितै भएको कुरा हो।

निष्कर्ष
२४० बर्ष भन्दा अगाडि देखि राज्यको बिभेदकारी नीतिका कारण राज्य संरचनामा समाहित हुन नपाएका राजनैतिक सामाजिक आर्थिक रुपले बहिष्करण बंञ्चितिकरण सिमान्तकरणमा परेका र बर्गिय उत्पीडन भोगेका आदिबासी शेर्पा जातिहरु राज्यले नियतबशः रुपमा बिभेदमा पारी राज्यका हरेक संयन्त्रमा शेर्पा जातिको उपस्थिति सुन्यप्रयाः राखेका अबस्थामा छन् । भौगोलिक रुपमा उच्च हिमाली भुभागमा रहेका शेर्पाहरुलाई राज्यको सिमांकन गर्ने नाममा बिभिन्न जिल्लामा खण्डित गरी सामाजिक संरचनालाई अलग थलग गर्ने काम भयो र राजनैतिक पहुँचबाट निस्तेज नै पारियो भने भाषा धर्म सँस्कृतिलाई नामेट गर्न एक देश एक भाषा एक भेषको खोक्रो राष्ट्रबादी नीति अबलम्बन गरियो ।

सदियौं देखिको बिभेदको क्षतिपुर्ति स्वरुप जनसंख्याको हिसावले पाँच लाख भन्दा बढी संख्यामा नेपालको उतरी भेगमा ठुलो भुभागमा अदिमकाल देखि बसोबास गरी आएका आफ्नै भाषा सँस्कृति मौलिक किसिमको जीवनशैली रहेका शान्तिप्रेमी भगवान बुद्दका अनुयायी सिंगो मुलुकले नै गर्ब गर्न लायकको ऐतिहासिक पृष्ठभुमि बनाएका शेर्पा जातिको आत्मनिर्णयको अधिकार सहितको समाबेसी स्वायत्त प्रदेश हुनु अनिबार्य अपरिहार्य नितान्त आवश्यक रहेको छ । यसर्थ सम्पुर्ण शेर्पाहरु एकताबद्द भई यस ऐतिहासिक कार्यमा लाग्नु आवश्यक रहेको कुरा यहाँहरुमा राख्न चाहान्छु साथै संबिधान सभामा राज्य पुनसंरचना समितिको सदस्यको नाताले शेर्पा स्वायत्ता प्रदेश प्राप्तिको लागि आफुले खेल्न पर्ने भुमिकाको सवालमा कुनै कसर बाँकी नराख्ने कुरो यहाँहरुमा जानकारी गराउन चाहान्छु ।

लक्की शेर्पा संबिधान सभा सदस्य
(राज्य पुनसंरचना तथा शक्तिको बाड्फाड समिती )

Leave a Reply

Your email address will not be published. Required fields are marked *