क्यालिफोर्नियाका दुई अादिबासी च्याप्टरबीच एकता हुने |

ङिमा पाख्रिन/क्यालिफोर्निया

नेपाल आदिबासी जनजाती महासंघ अमेरिकाको क्यालिफोर्नियास्थित दुई च्याप्टरहरु मिलाएर एक भै अगाडी बढ्ने भएको छ । नेपाल आदिबासी जनजाती महासंघ अमेरिकाका केन्द्रिय अध्यक्ष लुइसाङ वाइबाको उपस्थितीमा हालै सान फ्रान्सिस्को शहरमा सो सम्बन्धी एक भेला सम्पन्न भएको थियो ।

Luisang2

दुई च्याप्टरहरुलाई मिलाएर चाँडै नै एकताको अधिवेसन गर्ने निष्कर्ष भएको स्रोतले बताएको छ । उक्त भेलामा अगामी दिनका लागि महासँघको रोडम्याप समेत प्रस्तुत गरिएको थियो ।

भेलामा बिशेष अतिथी बनेका महासँघ अध्यक्ष वाईबाले बिभिन्न राज्यमा भएका महासँघका च्याप्टरहरु र महासँघ बिचमा हुनु पर्ने अन्तरसम्बन्धको सेरोफेरोमा प्रकाश पारेका थिए ।

Luisang3

नेपालको बर्तमान राजनीतिक अवस्थामा महस‍ँघ र यससँग आवद्ध सबै सँघसँस्था एक भएर अगाडी बढ्न आवश्यक रहेको उनले उल्लेख गरे । नेपालका आदिवासी जनजातीको हक अधिकार सुनिश्चित पार्न आवश्यक भएकोले बिदेशमा रहे पनि सरोकारवालाहरु एक भएर मुद्दालाई अगाडी बढाउँदा ओझेलमा नपर्ने उनले बताए । उक्त भेलाको अध्यक्षता नेपाल आदिबासी जनजाती महासंघ अमेरिकाको क्यालिफोर्निया च्याप्टर सभापति देण्डी शेर्पाले गरेका थिए ।

Luisang1

त्यसै गरी महासंघका सल्लाहकार पुनम शाक्य, क्यालिफोर्निया तमु समाजका सभापती जस बहादुर गुरुङ, क्यालिफोर्निया शेर्पा एशोसिएसनका सभापति आङ छिरिङ् शेर्पा, जनसम्पर्क समितिका किलन राई लगायत स्थानीय बुद्ध लो, चिनकाजी श्रेष्ठ, बुद्ध महर्जन, डेकेन्द्र मास्के, तेज राई, प्रेम लामा, बिष्णु गुरुङ, कृष्ण भुजेलले उक्त भेलामा आ-आफ्ना बिचार राखेका थिए ।

त्यसैगरी महासंघका सल्लाहकार पुनम शाक्य, तामाङ को-अपरेशन सोसाईटी अफ क्यालिफोर्नियाका अध्यक्ष प्रकाश लामा, किराँत याकथुङ चुम्लुङका अध्यक्ष रोशन सुब्बा, क्यालिफोर्निया तमु समाजका अध्यक्ष जसबहादुर गुरुङ, क्यालिफोर्निया शेर्पा एशोसिएसनका अध्यक्ष आङ छिरिङ् शेर्पा, नेवा गुठीका बुद्ध महर्जन, जनसम्पर्क समितिका किलन राई लगायत स्थानीय बुद्ध लो, चिनकाजी श्रेष्ठ, डेकेन्द्र मास्के, तेज राई, प्रेम लामा, बिष्णु गुरुङ, कृष्ण भुजेलले उक्त भेलामा आ-आफ्ना बिचार राखेका थिए ।

News Source: Etimesnews.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *