आदिवासी जनजाती महासंघ अमेरिकाको प्रेस विज्ञप्ति – अप्रिल १३, २०१५ सोमबार

प्रेस-विज्ञप्ति
मिति: अप्रिल १३,२०१५

“डा.पौड्याललाई न्यु योर्कमा विभिन्न जनजातीय संस्थाको समर्थन” भन्ने शिर्षकमा न्यु योर्कबाट प्रकाशित हुने एभेरेस्ट टाइम्स पत्रिकाको आइतबार, अप्रिल १२, २०१५ को अनलाइन संस्करणमा प्रकाशित समाचारप्रति नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाको गम्भीर आपत्ति तथा ध्यानाकर्षण भएको छ !

महासंघका विभिन्न सदस्य-संस्थाका अध्यक्षहरुलाई शुभकामना मन्तब्य राख्न आयोजकले अनुरोध गरेको र सोहि बमोजिम सम्बन्धित संस्थाका अध्यक्षहरुले उम्मेदेवारलाई निर्बाचनमा प्रतिस्पर्धाकोलागि शुभकामना मात्र व्यक्त गरेको समाचारलाई उल्लेखित पत्रिकाको अनलाइन संस्करणमा सत्य-तथ्य कुरालाई सुनियोजित ढंगले बंग्याएर आगामी एन.आर.एन निर्वाचनलाई एकतर्फी पक्षपातपूर्ण ढंगले प्रभावित गर्ने उद्धेश्य राखी पत्रकारिताको मर्यादालाई समेत अबमुल्यन गर्दै शुभकामना मात्र दिएको बक्तब्यलाई समर्थन जनाएको भनि छापिएकोमा सो कुनियतपूर्ण समाचारप्रति महासंघ घोर भत्सर्ना र निन्दा गर्दछ !

सो समाचारको बारेमा सम्बन्धित संस्थाका अध्यक्षहरुसँग सत्य-तथ्य बुझ्दा शुभकामनाको सन्देशलाई सम्बन्धित पत्रिकाले बंग्याएर समर्थन गरिएको झुट्टो समाचार सम्प्रेषण गरिएको र संस्थाको गरिमामा आँच पुर्याउने कुचेष्टा सम्बन्धित संचारगृहले गरेको स्पष्ट धारणा महासंघले प्राप्त गरेकोले सो समाचारको खण्डन तत्काल नै प्रकाशन गरि सहयोग पुर्याउन हुन पत्रिकाको प्रधानसम्पादक तथा सम्पूर्ण सम्पादकीय टिमसँग महासंघ हार्दिक अनुरोध गर्दै आगामी दिनहरुमा समुदायका समाचारलाई निष्पक्ष भइ जस्ताको तस्तै छापी दिन हुन विनम्र अनुरोध गर्दछौ ! संचार माध्यम निष्पक्ष र स्वतन्त्र हुन सके मात्र समाजको विकास र उन्नति हुने हाम्रो विश्वास रहेको छ ! निजी स्वार्थबाट अभिप्रेरित भएर यसरी सम्प्रेषण गरिएको झुट्टो समाचारले सम्बन्धित संचार गृहलाई क्षणीक लाभ पुगे पनि समग्र संचार क्षेत्रकै विश्वासनियतामा प्रश्न चिन्ह खडा हुने दुई मत छैन ! तसर्थ, संचार क्षेत्रको गरिमालाई उच्च राख्न सम्बन्धित संचार गृहलाई अनुरोध गर्दछौ !

भवदीय,
लुईसाङ वाईवा तामाङ
अध्यक्ष
नेपाल आदिवासी जनजाति महासंघ अमेरिका
केन्द्रीय कार्य समिति
fipna-press-releases-13april2015

Leave a Reply

Your email address will not be published. Required fields are marked *